सोमबार ०८ कार्तिक २०७८

४ चैत, काठमाडौँ। नेकपा एमालेको नेपाल समूहको राष्ट्रिय भेलामा पुराना कम्‍युनिष्ट नेता राधाकृष्ण मैनाली पनि उपस्थित भएका छन् ।

ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको भेलामा पुराना कम्‍युनिष्ट नेताहरु मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल कोइरालासँगै मञ्‍चमा मैनाली पनि उपस्थित भएका हुन् ।

राधाकृष्ण मैनाली पुराना कम्युनिस्ट नेता हुन् । २०२८ मा झापा विद्रोहपछि १४ वर्ष जेलजीवन बिताएका ओली बहुदल आएसँगै २०४७ मा वाममोर्चाको कार्यवाहक अध्यक्ष बन्ने मौका पाए हुन मैनाली।

एमालेमा रहँदा दुईपटक र एमाले विभाजनपछि मालेबाट एकपटक मन्त्री बनेका उनले राजा ज्ञानेन्द्रले गठन गरेको मन्त्रिपरिषद्मा पनि ओलीले शिक्षामन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

त्यतिबेला एमालेले कारबाही गरेपछि माओवादीमा प्रवेश गरेका उनी त्यहाँ सम्मानजनक स्थान नपाएको भन्‍दै केही महिनाअघि फेरि एमालेमै फर्किएका थिए ।

मैनालीले एमालेका तीन ठूला नेता अध्यक्ष केपी ओली तथा वरिष्ठ नेता झलनाथ खनाल र नेता माधव नेपालको राजनीतिक जीवनलाई नजिकबाट व्यहोरेका छन् ।


Last Updated on: March 17th, 2021 at 2:37 pm
६१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया