बिहिबार ०७ आश्विन २०७८

अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ ।

छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा निःशुल्क इन्टरनेट जडानको तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालित छोरी शिक्षा बीमा कार्यक्रममा २ माघ २०७६ यता बीमा गराएका छोरीको घरमा इन्टरनेट जडान गर्न लागिएको अभियानकी संयोजक प्रियङ्का यादवले जानकारी दिनुभयो ।

याे पनि पढ्नुहाेस ,

लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले निर्मता पन्तको बलात्कारपछि हत्या घटनामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’कै संलग्नता रहेकाे आरोप लगाउनु भएको छ ।

सोमबार सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै संग्रौलाले गृहमन्त्रीको संलग्न रहेकाले घटनापछि बालदल निरिह बनेको आरोप लगाउनु भएको छ ।

त्यही निरिहतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता स्वार्थ राखेर ‘ब्ल्याकमेलिङ’ गरेको उहाँले आरोप लगाउनु भएको छ ।त्यस्तै समयक्रमसँगै धेरै कुराहरु खुल्दै जाने संग्रौलाको दावी छ ।

संग्राैलाले लेख्नु भएकाे स्टाटस निर्मला पन्तको बलात्कार पछि हत्यामा राम बहादुर थापा ‘बादल’को संम्लग्नताले उनी निरिह बने।

उनको निरिहपनलाई केपी ओलीले ब्ल्याक्मेलीङ गरिरहेका छन । आफ्नो सत्ता स्वार्थलाई। धेरै कुरा समयक्रममा खुल्दै जाने छ।


Last Updated on: March 17th, 2021 at 7:38 pm
२६१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया