सोमबार ०८ कार्तिक २०७८

काठमाडौँ– अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको नेकपा एमाले केन्द्रीय कमिटी बैठकले सांसदसमेत रहेका नेता माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रामकुमारी झाँक्रीलाई पार्टी हितविरुद्ध काम गरेको, नेतृत्व र पार्टीलाई खुइल्याउने तथा सरकारको बदनाम गराउन गुटगत भेला गरेको निष्कर्ष निकाल्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।

शनिबार बालुवाटारमा बसेको ओली पक्षीय संसदीय दलको बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरुको बन्द सूचीमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्ने अधिकार प्रधानमन्त्री ओलीलाई प्रत्यायोजन गर्ने निर्णय पनि गरेको छ।

अध्यक्षलाई अधिकार प्रत्यायोजन शीर्षकमा राखिएको एजेण्डाबारे बैठकले समानुपातिक सांसद हटाउन सक्ने अधिकार पनि ओलीलाई दिएको छ । ‘संघीय तथा प्रदेशसभाका समानुपातिक सांसदहरुको बन्दसूचीमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्न सक्ने अधिकार प्रधानमन्त्रीलाई दिइएको छ,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने ।

पार्टीको केन्द्रीय सदस्य वा मातहत कमिटीको सदस्य थप्ने वा हटाउने अधिकार पनि ओलीलाई दिइएको छ । यसैगरी, पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरूको विदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार प्रत्यायोजन गरिएको छ।


Last Updated on: March 20th, 2021 at 5:52 pm
१६९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया