मंगलबार ०५ आश्विन २०७८

एजेन्सी : अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेन ३ पटक लडेको उक्त भिडियोमा चर्चित बनेको हो।

राष्ट्रपति जो बाइडेन शुक्रबार एटलान्टाको भ्रमणमा जाँदै थिए। एटलान्टा जानका लागि उनी एयरफोर्स वनको सिँढी चढ्दै गर्दा उनको सन्तुलन बिग्रियो र उनी लर्खराए।
भिडियोमा बाइडेन विमानको सिँढी चढ्दै गर्दा लर्खराएको देख्न सकिन्छ। भिडियोमा देख्न सकिन्छ कि अमेरिकी राष्ट्रपति विमानको सिँढीमा तीनपटक लड्छन्। तर उनले आफूले आफैंलाई सम्हालेका छन्।


Last Updated on: March 21st, 2021 at 12:28 pm
४४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया