सोमबार ०८ कार्तिक २०७८

काठमाडौं । अमेरिकाको दक्षिण क्यालिफोर्नियामा यौन शोषणको आरोप लागेका एक स्त्रीरोग विशेषज्ञ डाक्टरले पीडित महिलालाई १ अर्ब १० करोड डलर क्षतिपूर्ति दिनपर्ने भएको छ ।

यो १ खर्ब २८ अर्ब नेपाली रुपैया हुन आउछ । बिरामीको उपचार गर्ने क्रममा यौन शोषणको आरोप लागेको क्यालिफोर्निया यूनिभर्सिटीका विशेषज्ञ डाक्टर जर्ज टिंडललाई अदालतले यस्तो आदेश सुनाएको हो ।

अमेरिकी अदालतले डाक्टर विरुद्ध परेको यौन शोषण र गाली गलौजका छुट्टा–छुट्टे ३ मुद्धाको सुनुवाई गर्दै डाक्टरलाई दोषी ठहराएको हो । सन् २०१६ मा एक छात्राले आफुमाथि एक डाक्टरले यौन शोषण गरेको आरोप लगाइ मुद्धा दायर गर्नुभएको थियो ।

त्यसपछि यसबारे छानबिन भइरहेको थियो । छानबिन हुँदै गर्दा सन् २०१८ मा ती डाक्टरले बिरामीको उपचारका नाममा यौन शोषण गरेको अर्काे घटनाको खुलासा भएको थियो । त्यतिबेला ५ सय महिलाले डाक्टरविरुद्ध मुद्धा दायर गरेका थिए ।


Last Updated on: March 27th, 2021 at 6:16 pm
४६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया