सोमबार ०८ कार्तिक २०७८

काठमाडौ । झापाको कमल गाउँपालिकामा एक महिलाको घटनाले सबैलाई रुवाउँछ । विष्णु मेघराज ताजपुरीयाले श्रीमान विदेशमा भएकी एक महिलालाई फकाए । बोधिकाको श्रीमान ९ वर्ष देखि विदेशमा थिए । तर उनी फर्केर आएनन् । विदेश गएका श्रीमान फर्केर नआएपछि विष्णु मेघराजले बोधिकालाई फकाए । उनका पहिलाको श्रीमानवाट दुई सन्तान थिए । एउटा ११ र ६ वर्षको सन्तान थिए ।

श्रीमान विदेशमा गएर आफुलाई वास्ता गर्न छोडे भने अर्कातिर विष्णु मेघराजले यता फकाउन थाले । उनी पनि विष्णु मेघराजले भनेको कुरा मानिन् । उनी विष्णुसंग हिडिन् । उनले गौरादहमा आफ्नो घरमा लगेर भित्र्याए । वेहुली बनाएर लगेपछि विष्णुको दाई भाउजु र अरु परिवारले उनको कान भरेको बताएको छन् । विष्णु त राम्रै हो मलाई उसले माया गर्छ तर उसको दाई भाई र परिवारको सदस्यले घरवाट निकालेको बताइन् ।

विष्णुको दाई भाउजुले आफुलाई समातेर पहिलाको श्रीमानको घरमा लिएर गएको बताइन् । उनीहरुलाई छिमेकीले पनि साथ दिएको बताइन् । उनले छोडेर आएको श्रीमानको घरमा फर्काएर लिएर गएको बताइन् । विष्णुले मानेको थियो, म तिमीलाई माया गर्छु भनेको थियो । मेरो पेटमा बच्चा पनि आएको थियो, उनले भनिन् मलाई अस्पतालमा लगेर औषधी खुवाए । पहिलाको श्रीमानको २ वटा छोराछोरी थियो । महिनाको एक लाख रुपैया पठाउँथ्यो । विष्णुुले मलाई विगार्यो तर अहिले अलपत्र पारेर हिड्यो, उनले भनिन् । अहिले अर्की भारतीय युवतीको पछि लागेर आफुलाई धोका दिएको बताइन् ।


Last Updated on: April 9th, 2021 at 6:43 pm
३५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया