शनिबार ०९ साउन २०७८

काठमाडौ । कोरोनाको दोस्रो चरणको महामारी फैलने संकेत देखिए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय लगायत भीडभाड हुने सबै क्षेत्र बन्द गर्न कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । भारतमा पछिल्लो समय कोरोनाको दोस्रो लहर भयावह बन्दै गएको छ । दैनिक लाखौं नागरिक संक्रमित हुन थालेका छन् । नेपालमा पनि दोस्रो लहरको संकेत देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले भिडभाड हुने सबै क्षेत्र बन्द गर्न सीसीएमसीलाई सिफारिस गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयपनि विद्यालयलगायत भीडभाड हुने सबै क्षेत्र बन्द गर्न सिफारिस गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए । पछिल्लो समय कोरोना भाइरसका नयाँ भेरिएन्ट स्कुले बालबालिकाहरूमा देखिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । त्यसैले भिडभाड हुने रेष्टुरेन्ट, सिनेमा हल, पार्टी प्यालेस र विद्यालय लगायतका क्षेत्र बन्द गर्न मन्त्रालयले सिफारिस गरेको हो । केही महिनादेखि विद्यार्थी भौतिक रुपमा उपस्थित भइ पठनपाठन सञ्चालन हुँदै आएको छ ।

चिकित्सकहरुले पछिल्लो पटक कोरोना संक्रमितहरुमा आइसियुमा जाने ५० प्रतिशत युवा वर्ग छन् । कोरोनाको नयाँ भेरियन्टले युवा वर्गलाई प्रभाव पारिरहेको प्रति चिकित्सकहरुले चिन्ता ब्यक्त गरेका छन् । अघिल्लो पटकको कोरोना महामारीमा संक्रमित भएर उपचारका लागि आइसियु आवश्यक पर्ने वृद्ध अवस्थाका धेरै थिए भने अहिले युवा समुहका ५० प्रतिशतलाई आइसियुमा राखेर उपचार गर्नु परेको चिकित्सकको भनाई छ ।

काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा बिहीबार १३ जना कोरोना संक्रमित आइसीयूमा उपचाररत् छन्। अस्पतालका प्रमुख कन्सल्टेन्ट डा। अनुप बास्तोला यो तथ्यांकका कारण चिन्तित छन्। नेपालमा भेटिएका कोरोनाको पहिलो बिरामीदेखि उपचारमा खटिइरहेका उनले यसअघि आइसीयू तथा भेन्टिलेटरमा पुगेकामध्ये अधिकांश बृद्धहरु हुने गरेको बताए। तर केहि समययता आईसीयूमा भर्ना हुनेमा युवाहरुकै संख्या बढेको र यो स्थिति चिन्ताजनक रहेको उनी दोहोर्‍याउँछन्।

‘अहिले हाम्रो आइसीयूमा रहेका १३ मध्ये आधा बिरामी ५० वर्षमुनिको युवा उमेर समूहका हुनुहुन्छ,’ बास्तोलाले भने, ‘यसअघि बृद्ध बिरामीलाई कोरोनाले बढी जटिलता ल्याउँथ्यो र उहाँहरुलाई आइसीयू–भेन्टिलेटरमा भर्ना गर्नुपर्थ्यो तर अहिले त त्यो क्रम युवापुस्तामा देखिन थालेको छ।’


Last Updated on: April 10th, 2021 at 11:27 am
१४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया