मंगलबार ०५ आश्विन २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तावाट हटाउन अहिले करिब सबै दल एक देखिएका छन् । सत्ता साझेदारीका लागि दावी गर्न सक्ने हैसियत भएका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी सबै ओलीलाई सरकावाट वाहिर पठाउने योजनामा छन् । तर पनि ओली टस को मस देखिदैनन् । आखिर किन उनी ढुक्क छन् ? उनले बारम्बार आफुलाई सत्तावाट हटाउन चुनौती दिइरहेका छन् ।

सर्वोच्च अदालतले संसद व्युझाइदिएपछि उनी कमजोर हुनसक्ने अनुमान गरिएको थियो । तर जव सर्वोच्चले नेकपाको एकता नै भंग गरिदिएपछि भने उनी थप बलियो भएका छन् । उनले आफुलाई सत्तावाट हटाएर देखाउन बारम्बार सबै दललाई चुनौती दिँदै आएका छन् । माओवादीलाई समर्थन फिर्ता लिन र अन्य दललाई पनि आफुलाई प्रधानमन्त्रीवाट हटाउन चुनौती दिएका हुन् ।

बालुवाटार अझै पनि ओलीको सत्ता टिक्नेमा विश्वस्त छ । त्यसका केही आधार छन् । उनले आफ्ना विरोधीले वहुमत पुर्याउन नसक्ने भएकाले सरकार पनि गिराउन नसक्ने कुरामा ढुक्क भएका हुन् । त्यसका लागि उनले जसपालाई दुई धार बनाएका छन् । नेपाली कांग्रेसलाई पनि कमजोर बनाइदिएका छन् । कांग्रेसमा सभापति शेरवहादुर देउवालाई साथमा लिएका छन् भने जसपामा महन्त ठाकुरसंग विभिन्न आश्वासन दिँदै आफ्ना पक्षमा पारेका छन् । जसका कारण उनका विरोधीहरु एक मत हुन सकेका छैनन् ।

कांग्रेसका सभापति देउवा ओलीले भनेजस्तै निर्वाचनको पक्षमा छन् । निर्वाचन भए आफ्नो अत्याधिक मत आउने र आफुपनि ओली जस्तै शक्तिशाली प्रधानमन्त्री बन्ने दाउमा देउवा छन् । त्यस्तै ठाकुरलाई पनि ओलीले प्रधानमन्त्री पद छोड्न परे तपाईका लागि छोड्छु भन्दै आश्वासन दिएका छन् । आफ्नो सरकार टिकाउन र जसपामा विभाजन ल्याउन उनले जसपाले राख्दै आएको मागलाई सम्बोधन गर्ने आश्वासन पनि दिएका छन् । जसका कारण महन्त ओलीकै पक्षमा देखिएका छन् ।

ओलीलाई सत्ताबाट हटाउन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी एकजुट भई अविश्वासको प्रस्ताव पारित गर्नुपर्छ । तीनवटै दल सग्लै रहेर ओलीविरुद्ध एक भएमा मात्र त्यो सम्भव छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिइहालेमा ओलीले विश्वासको मत ३० दिनभित्र लिनुपर्छ । विश्वासको मत लिए उनी अर्को एक वर्ष प्रधानमन्त्री ढुक्कले हुनेछन् ।

नसके राजीनामा दिनेछन् । बहुमतको अर्को सरकार बन्न नसके ओली नै प्रधानमन्त्री हुनेछन् । उनी सबैभन्दा ठुलो दलको हैसियतले संविधान अनुसार प्रधानमन्त्री बनेमा अल्पमतको सरकारबाट चुनावमा जाने निर्णयमा पुग्ने सम्भावना उत्तिकै छ । यसकारण पनि ओली ढुक्क छन ।


Last Updated on: April 11th, 2021 at 5:13 pm
५४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया