सोमबार ०८ कार्तिक २०७८

काठमाडौ । युवाहरुलाई जोखिम लिने निकै शौख हुन्छ । तर त्यही चाहनाले कहिले काँही अप्ठेरो पार्छ । एक जना युवा ढुँगाको गुफामा पस्दा दुई दिन सम्म त्यही अड्किएका छन् ।

स्थानिय बासीन्दा, प्रहरी मिलेर उनलाई गुफावाट दुई दिन पछि बाहिर निकालिएको छ । इलाम नगरपालिका ५ बिव्ल्याटे नजिकै रहेको गुफामा यस्तो घटना भएको हो । भिडियो सार्वजनिक भएको भएपनि सो भिडियोमा त्यसबारे कुनै जानकारी भने छैन ।

भिडियोमा कमेन्ट गरेका एक जना स्थानियले यसवारे जानकारी दिएका छन् । कविन लुइटेलले कमेन्टमा लेखे अनुसार बिब्ल्याटे नजिकै रहेको गुफा ढुंगा भन्ने स्थानमा पसेका ति युवालाई उद्दार गरिएको हो । गुफामा ढाड फसेपछि उनी बाहिर निस्कन सकेनन् । युवकको नाम सन्तवहादुर लिम्वू बताइएको छ । उनलाई नेपाली सेनाबाट निवृत्त टंक श्रेष्ठ, स्थानीय र नेपाल प्रहरीका जवानहरुले उद्धार गरेका हुन् ।

ढुंगामा फसेका उनी साथीहरुसंग बोलिरहेको सुनिन्थ्यो । प्रहरी र स्थानियले गुफा खनेर केही माटो निकालेपछि उनलाई बाहिर निकाल्न सकिएको थियो । वाहिर निस्किएका उनको अवस्था सामान्य देखिएको थियो । निकै डराएको जस्तो देखिएका उनी कापिरहेका थिए । स्थानिय र प्रहरीले उनलाई बोकेर अस्पताल तर्फ लगेको अनुमान लगाउन सकिन्छ ।


Last Updated on: April 29th, 2021 at 8:47 am
२६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया