सोमबार ०८ कार्तिक २०७८

दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजार सडक छेउमा भारतीय नम्बर प्लेटको गाडीमा स्थानिय तीन बालक मृ त फेला परेको घटना थप रहस्यम भएको छ । शनिवार साँझ गाडीमा तीन वालकको शव फेला परेको थियो । उनीहरु वैशाख १६ गतेवाट हराएका थिए । रहस्यमय बनाउने कारण उनीहरुको शरिरमा कुनै चोटपटक थिएन। अर्को रहस्यम कारण गाडीको ढोका लक थियो ।

लक भएको गाडीमा उनीहरु कसरी फसे भन्ने प्रमुख प्रश्न उठेको छ । बालकका अभिभावकले घटना रहस्यम भन्दै अनुसन्धान गर्नुपर्ने माग राखेका छन् । प्रहरीले पनि घटना रहस्यम भनेको छ । यो घटना रहस्यमय रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहले बताएका छन् ।

बालक हराएको निवेदन इलाका प्रहरी कार्यालयमा दिइएको भएपनि प्रहरीले वेवास्ता गरेको बालकका आफन्तले लगाएका छन् । कोरोनाको महामारीमा यति सानो काम हामी गर्दैनौ भन्दै प्रहरीले आफुहरुलाई फिर्ता पठाएको बालकको आमाले बताएकी छन् । उनीहरुको शव अझै पोष्टमार्टम हुनसकेको छैन। पोष्टमार्टमका लागि फरेन्सिक एक्सपर्ट आवश्यक पर्ने भएकाले बुटवलबाट मगाइएको डीएसपी सिंहले बताए।

घटनाको अनुसन्धानका लागि प्रहरीले गाडी मालिक र चालकलाई पक्राउ गरेर अनुसन्धानका लागि म्याद थप गरी थप छानविन सुरु गरेको छ। पक्राउ पर्नेमा गाडी मालिक यादवप्रसाद गैरे चालक पदमबहादुर बस्नेत रहेका छन्। उनीहरु पनि सोही गाउँका हुन्।
गत माघ १ गते नै गाडी नेपाल ल्याए पनि पास गर्न बाँकी रहेको गैरेले बताएका छन्। सोही कारण त्यहीँ थन्किएको र तीन महिनादेखि नखोलेको उनीहरुले सोधपुछका क्रममा बताएका छन्। खेल्ने क्रममा गाडीको ढोका खुलेको र भित्रबाट लक गरेर बालकहरु थुनिएको र निस्सासिएर मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।


Last Updated on: May 3rd, 2021 at 8:25 am
२३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया