बिहिबार ०७ आश्विन २०७८

२५ वैशाख, काठमाडौं । अमेरिकाको ग्राण्ड क्यानोन राष्ट्रिय निकुञ्जमा पाइने वन्यजन्तुमध्ये अमेरिकन बिसन अर्थात् अमेरिकी साँढेको संख्या अत्याधिक बढेसँगै सरकारले झण्डै ४ सय साँढे मार्ने निधो गरेको छ ।

त्यसका लागि अमेरिकाको नेशनल पार्क सर्भिस कार्यालयले साँढे मार्न १२ जना सिपालु स्वयंसेवकका लागि आवेदन खुलाएको थियो । तर स्वयंसेवकको जागिरका लागि ४५ हजारभन्दा बढीले आवेदन दिएका छन् ।

धेरैले त्यसलाई साँढेको शिकार भन्ठानेको र जंगलमा शिकार खेल्ने इच्छा भएका हजारौंले आवेदन गरेको बताइएको छ । तर साँढे मार्ने कामलाई शिकार भनिएको छैन । किनकि अमेरिकी राष्ट्रिय निकुञ्जहरुमा शिकार निषेध छ ।

कुल ४५ हजार ४० जना आवेदकमध्ये साँढे मार्न खटाइने १२ जना भाग्यमानीहरु छनोटका लागि सोमबार चिट्ठा खोलिनेछ । जसका लागि शुरुमा २५ जनाको प्रारम्भिक सूची निकालिनेछ । राष्ट्रिय निकुञ्जका अधिकारीहरुले उनीहरुको सिपको जाँच गरेसँगै अन्तिम १२ जना छनोट हुनेछन् । तिनै १२ जनाले राष्ट्रिय निकुञ्जको नर्थ रिम क्षेत्रमा बिसन मार्ने काम पाउनेछन् ।

उता जंगली जनावर मार्नका लागि सार्वजनिक रुपमा स्वयंसेवकहरुको विज्ञापन गर्ने यस्तो कार्यले गलत नजिर बस्ने भन्दै वातावरणवादीहरुले विरोध जनाएका छन् ।

अधिकारीहरुले भने पछिल्ला वर्षमा निकुञ्जमा बिसनको संख्या अत्यधिक वृद्धि भएर विभिन्न पुरातात्विक सम्पदाहरु मासिने, भू–क्षय तथा पानीका स्रोेतहरु समेत फोहोर हुने क्रम बढेकाले बिसनको संख्या घटाउन लागिएको जनाएका छन् ।


Last Updated on: May 8th, 2021 at 7:48 pm
१७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया