बिहिबार ०७ आश्विन २०७८

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकाको शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा ज’लाइँदै आएको थियो। तर, दुइटा मेसिनले मात्रै धान्न नसकेपछि बागमती खोला किनारमा पनि ३० वटा चिता बनाएर शव जलाउन सुरु गरिएको छ। शवदाह गृहको एउटा मेसिन बि’ग्रिएर थन्किएको छ। उक्त मेसिन मर्मतका क्रममा रहेको जनाइएको छ। पशुपति क्षेत्र विकास कोषअन्तर्गत शवदाह गृहका प्रमुख सुवास कार्कीका अनुसार कोरोना संक्रमित शवलाई निःशुल्क रूपमा विद्युतीयमा ज’लाउने गरिन्छ। प्रक्रिया पुर्‍याएर आएका सबै शव ज’लाउने गरिएको कार्कीको भनाइ छ।

दैनिक ७५–८० वटा शव आउँदा मेसिनले मात्रै धान्दैन। एउटा शव ज’लाउन करिब डेढ घण्टा लाग्छ। शव एकैचोटी ५–६ देखि १५ वटा आउने गर्छ। त्यहाँमाथि भएन तीन–चारवटा गाडी एकैचोटी आउँछ’, कार्कीले भने, ‘हामीले व्यवस्थापन त गर्नुपर्‍यो अरू चिता बनाएर। अस्ति ८२ वटा शव आएका थिए हिजो ७५ वटा आए। आज करिब ७९ वटाका लागि खबर आइसक्यो। यत्रो शव दुइटा मेसिनले मात्रै कसरी ज’लाउन सक्नू ?’

उनका अनुसार शव बाहिर ज’लाउँदा पनि पूरै सावधानी अपनाउनुपर्छ। ‘दाउरा र मेसिन दुवै ठाउँमा स्वास्थ्य मापदण्डअनुसार नै शव जलाउने काम हामीले गरिरहेका छौं’, उनले भने, ‘हामीले जति आउँछन् शव तिनलाई सकेसम्म ज’लाउने काम नै गरेका छौं। हाम्रो चाहना शवको संख्या नबढोस् भन्ने हो। आएकोलाई त दाहसंस्कार गर्नै पर्‍यो।’ संक्रमितको शव दाहसंस्कारमा आवश्यक सामग्री आफूहरूले उपलब्ध गराउँदै आएको उनले सुनाए। ‘हामीले कसैबाट रकम लिएका छैनौं। कोभिड–१९ भन्दा बाहेक मृत्यु भएर आएका शवको दाहसंस्कारको नियमानुसार लाग्ने खर्च त लाग्ने नै भयो’, उनले भने।

उनका अनुसार सेनाले शव ल्याएर हस्तान्तरण गर्छ। ‘त्यसको सबै व्यवस्थापन हामीले नै गर्छौं। सेना र हामी मिलेर नै काम गरिरहेका छौं। सेनाको हेल्प डेस्क पनि छ। जलाउनेदेखि यहाँको व्यवस्थापन हामीले गर्छौं। उहाँहरूले ल्याएर चितासम्म राखिदिनुहुन्छ’, उनले भने, ‘जनशक्ति चाहियो भने उहाँहरू पनि सहयोग गर्नुहुन्छ। चिता बनाउनेदेखि ज’लाउने काम हाम्रो मानिसले गर्छन्। भ्याएनन् भने मात्रै सेनाले सहयोग गर्छन्। अहिले मसहित ३५ जना जनशक्ति खटिएका छौं शव जलाउनकै लागि।’

उनले आर्यघाटमा शव ज’लाउँदा संक्रमण नफैलने बताए। अरू शव ज’लाउँदा वातावरणमा जति असर पर्छ कोरोना सक्रमितको जलाउँदा पनि उही असर पर्ने उनको भनाइ छ। ‘जसरी पनि सुरक्षाका सामग्री अपनाएर काम गर्नुपर्‍यो’, उनले भने।

चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका पूर्वडिन जगदीश अग्रवालका अनुसार कोरोना सक्रमितको मृत शरीरबाट पनि संक्रमण हुनसक्छ। ‘मृत शरीरबाट निस्किएका बढी फ्लु, र्‍याल, सिगान, थुकका छिटालगायत लुगा कपडाबाट पनि कोरोना अर्को व्यक्तिलाई सर्न सक्छ’, अग्रवालले भने। आर्यघाटमा खुला ठाउँमा संक्रमितको शव ज’लाएको प्रसंगमा उनले भने, ‘ज’लाउने ठाउँको आधारमा कोरोना सक्रमित हुने भन्ने होइन। शव जहाँ ज’लाए पनि सुरक्षित तरिकाले ज’लाउन जरुरी छ। मृतकका आफन्त पनि सुरक्षित हुन जरुरी छ।’

उनका अनुसार संक्रमितको शव प्लास्टिकमा प्याकिङ हुनु जरुरी छ। ‘आफन्तको माया लाग्यो, हाम्रो संस्कारअनुसार जलाउँछांै भनेर शवलाई प्लास्टिकबाट निकाल्न भएन। ज’लाउने कर्मचारी पनि पीपीई लाउने, सेनिटाइज गर्नेलगायतका कार्य गर्न जरुरी छ। ज’लाइसकेको शवको खरानी तथा धुवाँबाट पनि संक्रमण फैलन्छ भन्नु गलत सूचना हो’, उनले भने। अन्नपूर्ण पोष्टमा यो खबर छ ।’

यो पनि : कोरोना कालमा पुनः जुर्मुराए गुर्जो–अभियानकर्मी युवा

काभ्रेपलाञ्चोक – कोरोना सङ्क्रमणको दोस्रो लहरबाट उच्च जोखिम बढ्दै गएपछि बनेपाका गुर्जो–अभियानकर्मी युवा पुनः जुर्मुराएका छन् । गत सालको कोरोना कहरमा कोरोनाका बिरामी तथा संस्थागतरूपमा बहुउपयोगी रोग प्रतिरोधात्मक क्षमता बढाउने गुर्जो निःशुल्क वितरण गर्दै आएको उक्त युवा समूहले कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएलगत्तै गुर्जो वितरण अभियानलाई पुनः निरन्तरता दिएका हुन् ।

अभियानको नेतृत्व गर्नुभएका बनेपा नगरपालिका–१० जनागालका युवा मुक्ति विष्टलाई हाल काभ्रेपलाञ्चोकका थुपै्र युवाले साथ दिइरहेका छन् । स्थानीय युवाले गुर्जो सङ्कलनमा साथ दिइरहेका छन् भने वितरणमा बनेपाका युवाले साथ दिइरहेको विष्टले बताउनुभयो । “बितेको तीन हप्तामा करिब एक हजार ५०० किलो वितरण गरिसकेका छौँ, हाम्रो अभियान जारी छ”, उहाँले भन्नुभयो । उहाँले हाल संस्थागतरूपमा आइसोलेशन, स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी, प्रहरी, अस्पताललगायतका स्वास्थ्य संस्था तथा व्यक्तिलाई वितरण भइरहेको बताउनुभयो ।

कोरोनाका बिरामीका आफन्तले सम्पर्क गरी जनागालस्थित गुर्जो भण्डार केन्द्रबाट लैजाने गरेको विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष गुर्जो खाएका व्यक्तिले यस वर्ष पनि लगिरहेका छन् । दोस्रो लहरको कोरानाले जिल्लामा निकैलाई सङ्क्रमण फैलाएकाले आफू पनि अभियानको सहयोगी भएको भक्तपुर भङ्गालका कृष्णराम कार्कीले बताउनुभयो । “म यस वर्ष गुर्जो वितरण अभियानमा साथ दिइरहेको छु, विशेषगरी गुर्जो सङ्कलनमा मेरो सहयोग रहेको छ”, उहाँले भन्नुभयो । उहाँलगायत देवीटारका उद्धव चौलागाईँ, धुलिखेलस्थित पातलेखेतका विष्णु काभ्रेली, पनौतीका सौगात बस्नेत, बनेपाका हरिशरण सूर्यवंशी, कान्छा प्रधानलगायतले गुर्जाे अभियानलाई साथ दिइरहनुभएको छ ।

अभियानकर्मीको हालको दिनचर्या आफैँ स्वास्थ्य सतर्कता अपनाउँदै गुर्जो सङ्कलन र वितरणको योजना बनाउँदै व्यस्त रहन्छ । टोलीलाई अहिले गाउँगाउँबाट गुर्जो लिन आउन खबर आइरहेको छ । विष्टले वितरण मात्र नभई गुर्जोको फाइदाबारे र गुर्जो खेतीबारे पनि सिकाउँदै आएको बताउनुभयो ।

अघिल्लो वर्ष कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढिरहेका बेला गुर्जो–अभियानकर्मी युवाले चिया तथा मिठाइ पसलबाट शुरु गर्दै सर्वसाधारणदेखि उच्च ओहोदाका व्यक्तिसम्म गुर्जाे पु¥याएका थिए । साथै कोरोना भाइरस नियन्त्रणमा ‘फ्रन्टलाइन’मा खट्ने काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौँका अस्पताल, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीय तह, जनप्रतिनिधि तथा स्थानीय तहका क्वारेन्टिनमा समेत ठूलो परिमाणमा निःशुल्क गुर्जो वितरण गरेको थियो । “गत साल राष्ट्रपतिदेखि प्रधानमन्त्री कार्यालयसम्म पनि गुर्जो पु¥याएका थियौँ”, विष्टले भन्नुभयो ।

आयुर्वेद चिकित्सकले प्रमाणित गरेअनुसार गुर्जो जडीबुटी सेवनले मानिसको प्रतिरक्षात्मक क्षमता मजबुत बनाई विभिन्न रोग तथा कोरोना भाइरसबाटसमेत मुक्ति दिलाउने भएकाले कोरोना भाइरस नियन्त्रणमा ‘फ्रन्टलाइन’मा खट्नेलाई निःशुल्क गुर्जो वितरण अभियान थालिएको विष्टले बताउनुभभयो । उहाँले गुर्जो आवश्यकता भएकाले आफ्नो टिमसँग सम्पर्क गर्न र गुर्जो भएको स्थानका व्यक्तिले पनि सूचना दिएर सहयोग गर्न सबैमा अपिल गर्नुभएको छ ।

कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढिरहेका बेला हाल गुर्जो मात्राअनुसार तातोपानीमा उमालेर रस पिउने गर्दा कोरोना भाइरस निको हुने विश्वास गरिन्छ । आयुर्वेद चिकित्सकका अनुसार गुर्जो अर्थात् चिनी लहरा सजिलोसँग विस्तार भई सर्ने पराश्रयी लता हो । यसका आँख्लाहरुबाट जरा निस्किएर हावामा लहरिएका हुन्छन् ।

सेता थोप्ला भएको बोक्रा पातलो कागजजस्तो हुने गुर्जो उच्च रक्तचाप, शिरको गर्मी, पागलपन, कब्जियत, फोक्सोको क्षय, पत्थरी, मुत्ररोग, धातुरोग, कमलपित्त, दम, मधुमेह, पुरानो ज्वरो निको पार्न उपयोग गरिँदै आइएको छ । सुत्केरी महिलाबाहेक सबैले प्रयोग गर्न सकिने औषधीय गुणले परिपूर्ण तिक्त र टर्रो हुने गुर्जोको लहरा मोटो र गुदीदार हुन्छ ।


Last Updated on: May 12th, 2021 at 11:46 am
२९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया