मंगलबार ०५ आश्विन २०७८


काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार सपथ भोलि शुक्रबार अपरान्ह हुनेछ ।

यस अघि ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आह्वान गरेकी थिइन्।उक्त समयसीमाभित्र कसैको पनि दाबी परेको थिएन।

वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए । तर, वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयसीमाभित्र काँग्रेस–माओवादीले वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको हैसियतमा ओली पुनः संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । ओलीलाई शुक्रबार शपथ दिउँसो गराउने तयारी भइरहेको छ ।

यस अघि नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले वैकल्पिक सरकार गठनको निकै प्रसाय गरेपनि त्यो सार्थक हुन सकेन । समीकरणका लागि निर्णायक मानिएको जसपाको महन्थ ठाकुर पक्ष ओलीको विकल्पमा अर्को सरकार बनाउन राजी नहुनु र माधव नेपाल पक्षले राजीनामा नदिँदा वैकल्पिक सरकार गठनको सम्भावना टरेको हो ।


Last Updated on: May 13th, 2021 at 11:13 pm
२६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया