बिहिबार ०७ आश्विन २०७८

मध्यपुरथिमि, ३१ वैशाख – मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले आज बेलुकादेखि अक्सिजन उत्पादन शुरु गरेको छ ।

नगरपालिकाको रु ६५ लाखको लगानीमा चीनबाट ल्याइएको प्लान्ट जडान गरी अक्सिजन उत्पादन शुरु गरिएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । दैनिक ३० देखि ३२ सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्टले अब अस्पतालका सघन उपचार कक्ष, हाइकेयर युनिट र भेन्टिलेटरमा भर्ना भएका कोभिड–१९ का २४ बिरामीलाई पाइपमार्फत अक्सिजन पु¥याउने जनाइएको छ ।

अहिले दैनिक ९० सिलिण्डर अक्सिजन खपत भइरहेकामा अब ३० सिलिण्डर अक्सिजन मात्रै बाहिरबाट ल्याए पुग्ने भएको छ ।

रासस


Last Updated on: May 16th, 2021 at 2:15 pm
११६ पटक हेरिएको

तपाईको प्रतिक्रिया