मंगलबार ०५ आश्विन २०७८

काठमाडौं – चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल आइपुगेको छ । सरकारले स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल ल्याएको हो ।

१८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको कोभिड–१९ संक्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । उनका अनुसार तातोपानी नाकामा सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौँ ल्याइनेछ ।

नेपालमा कोरोना संक्रमण बढ्दै जाँदा सिलिन्डरको अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याएको हो ।

यसअघि पनि नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले ४०० सिलिन्डर ल्याइएको थियो । अठार हजार आइसकेपछि बाँकी एक हजार ६०० सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको जनाइएको छ ।

यस्तै आज नै चीनबाट ५५० अक्सिजन सिलिन्डर नेपाल वायुसेवा निगमको वाइड बडी विमानले ल्याउँदैछ ।


Last Updated on: May 17th, 2021 at 3:01 pm
११४ पटक हेरिएको

तपाईको प्रतिक्रिया