बिहिबार ०७ आश्विन २०७८

८ जेठ, काठमाडौं । विपक्षी गठबन्धनले संसद् विघटन विरुद्ध कानूनी उपचार खोज्ने तयारी गरेको छ । त्यसबारे छलफल गर्न गठबन्धनमा आबद्ध दलका नेताहरुको संयुक्त बैठक शनिबार बस्दैछ । बिहान ११ बजे संसद भवनको ल्होत्से हलमा बोलाइएको बैठकमा संसद विघटनको निर्णय विरुद्ध चाल्ने कदम बारे छलफल हुनेछ । गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाकी नेतृ एवं प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले भनिन् ‘बैठकमा कानूनी उपचार खोज्ने विषयमा केन्द्रित रहेर छलफल गर्ने तयारी छ ।’ शुक्रबार विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षर सहित वैकल्पिक प्रधानमन्त्रीको रूपमा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई अघि सारेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूलाई १५३ सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैको दाबी नपुगेको भन्दै मध्यराति संसद विघटन गरी कात्तिक अन्तिम साता र मंसिर पहिलो साता चुनावको मिति घोषणा गरेकी छन् । यसअघि पनि गत पुस ५ गते पनि संसद विघटन गरिएको थियो । तर सर्वोच्चले फागुन ११ गतेको फैसलाबाट त्यसलाई उल्टाइदिएको थियो ।


Last Updated on: May 22nd, 2021 at 12:33 pm
७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया