सोमबार ०८ कार्तिक २०७८

काठमाडौं ;स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले अबको केही दिनभित्र नेपालले खोप प्राप्त गर्ने बताएका छन् ।

खोप ल्याउन खोप उत्पादक देशहरूसँग सरकारले घनीभूत संवाद गरिरहेको र केहीसँग निकट पुगिसकेको भन्दै अबको केही दिनमै खोप ल्याउने मन्त्री त्रिपाठीले बताए ।

प्रधानमन्त्रीको निर्देशनअनुासर नेपाललाई पायक हुने खोप जुनसकुै देश र माध्यमबाट ल्याउन मन्त्रालय लागि परेको पनि उनले जानकारी दिए ।

उनले अहिले भइरहेको निषेधाज्ञा नागरिकलाई दुख दिन नभई संक्रमण नियन्त्रणका लागि गरिएकाले यसलाई सकारात्मक लिन आग्रह समेत गरे ।


Last Updated on: May 27th, 2021 at 11:51 am
१४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया