बिहिबार ०७ आश्विन २०७८

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट लागु हुने गरि कर्मचारीको तलब दुई हजार रुपैयाँ बृद्धि गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आज आर्थिक वर्ष २०७८/७९को बजेट वक्तब्य सार्वजनिक गर्दै सरकारी कर्मचारीको तलब बृद्धि गरेको जानकारी दिएका हुन् । महङ्गी भत्तालाई निरन्तरता दिइएको छ ।

यस्तै कर्मचारीहरुको १० लाख दुर्घटना बिमा र १ लाखको स्वास्थ्य बीमा प्रिमियम पनि सरकारले तिरिदिने उनले घोषणा गरे ।


Last Updated on: May 29th, 2021 at 6:41 pm
८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया