बिहिबार ०७ आश्विन २०७८

Kantipur News Nepal

बाँके ।

उद्योग संचालनका लागि अन्तिम अवस्थामा रहेको बेलामा अचानक विद्युतका पोलहरु ढालिएपछि जय अम्बे स्टिल उद्योगले ठूलो नोक्सानी बेहोर्नु परेको छ । बाँकेमा पश्चिम क्षेत्रकै ठूलो उद्योगका रुपमा रहेको जय अम्बे स्टिलका लागि विद्युत लैजान पोल गाडीएका थिए ।

विद्युत लैजाने अन्तिम काम मात्र बाँकी भएको बेलामा अज्ञात समुहले पोल ढालिदिएको निर्माण कम्पनीको दावी छ । नेपालगञ्ज–कोहलपुर सडक खण्डको गनापुरदेखि जानकी गाउँपालिका, ६ मा रहेको उद्योगसम्म बिजुली लैजानको लागि गाडिएका पोलहरु ढालिएका हुन् । कोहलपुरका ब्यवसायी त्रिलोक धितालले पोल गाड्ने र तार तान्ने कामको ठेक्का लिएका थिए ।

काम पुरा नहुँदै पोल ढालिएपछि आफु समस्यामा परेको धितालले बताएका छन् । फ्याक्ट्री म्यानेजर अनुप कुमार श्रेष्ठले बिहीबार दिउँसोतीर ११ वटा बिजुली लैजान गाडिएका पोलहरु अज्ञात समूहले ढालिदिएको जानकारी दिए ।

उनले १२ लाख रुपैया क्षती भएको बताए । तयारी अवस्थामा रहेको संरचना विकास विरोधीहरुले क्षती पु¥याइदिदाँ अब अन्यौलता बढेको उनले बताएका छन् ।

वडाअध्यक्ष लगायतलाई मिलाउनुपर्छ भन्दै स्थानीय एक व्यक्तिले निर्माण व्यवसायीलाई दुई लाख रकम चन्दा मागेको र त्यो नदिएका कारण पोल ढालिदिएको दावी निर्माण कार्यमा संलग्न एक कर्मचारीले दावी गरेका छन् ।

कर्मचारीले आफुहरुले ५० हजार रुपैया चन्दा समेत दिएको बताएका छन् । सावधानीपूर्वक पोलहरु ढालेर क्षती गराइएकोले विद्युत् सम्बन्धी जानकार मान्छेको अगुवाईमा नै घटना गराइएको आशंका गरिएको छ ।

प्रहरी चौकी गनापुरको केही मिटरमा नै दिउँसै घटना हुँदा समेत प्रहरीले वास्ता नगरेको भन्दै निर्माण व्यवसायी र उद्योगले दुख ब्यक्त गरेको छ । बाँकेमा सिडिओ तथा प्रहरी प्रमुखलाई त्यसवारे जानकारी गराइएको पनि बताएका छन् ।


Last Updated on: June 6th, 2021 at 8:37 pm
१२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया