बिहिबार ०७ आश्विन २०७८

Kantipur News Nepal

सरकारी गाडीभित्र मंगलबार दिउँसो बेहोस अवस्थामा भेटिएका चालकको मृत्यु भएको छ। जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सुनसरीका चालक उदयपुरको बेलका नगरपालिका-३ घर भएका ३८ वर्षीय राजु ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको निवास नजिक उनी दिउँसो ३ बजेतिर कार्यालयको प्रदेश १-०४-००१ झ ०००६ नम्बरको गाडीभित्रै बेहोस अवस्थामा भेटिएका थिए।

बेहोस अवस्थामा भेटिँदा चालक सिट पल्टाएर सुतेजस्तो देखिन्थे। तत्काल उद्धार गरेर उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्‍याउनसाथ चिकित्सकले ढकाललाई मृत घोषित गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए। उनका अनुसार झ्याल र ढोकाका सबै सिसा बन्द गरिएको गाडीभित्र चालकलाई बेहोस अवस्थामा फेला पारिएको हो।

‘सडकको छेउमा रोकेर राखिएको सरकारी गाडीभित्र बेहोस अवस्थामा भेटिएपछि चालकलाई तत्काल उद्धार गरेर उपचारका लागि लगियो,’ राईले भने, ‘तर अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषित गरिदिए।’ उनका अनुसार बेहोस अवस्थामा भेटिएका बेला चालकलाई श्वास फेर्न निक्कै गाह्रो भइरहेजस्तो देखिन्थ्यो। कोरोना भाइरस संक्रमणको आशंकामा मृतकको पीसीआर परीक्षणको तयारी गरिएको राईले बताए।

स्थानीय बासिन्दाका अनुसार चालक बेहोस अवस्थामा भेटिएको स्थानमा गाडी बिहान १० बजेदेखि नै पार्किङ गरेजस्तो देखिन्थ्यो। सडककै छेउमा रोकेर राखिएको गाडीभित्रै चालक रहे पनि साइड नदिएपछि अरु सवारी साधनका चालकले गएर हेर्दा बेहोस अवस्थामा देखेर प्रहरीलाई खवर गरेको जानकारी डीएसपी राईले दिए।

बारम्बार सम्पर्क गर्दा पनि फोन लागेन,’ उनले भने, ‘आफन्त र परिवारका सदस्यसँग कोहीसँग पनि सम्पर्क हुन सकेन । पछि बेहोस भेटिएको खवर पाएर पुग्दा मृत्यु नै भइसकेको थियो ।’ चालक बेहोस अवस्थामा भेटिएको स्थानमा गाडी बिहान १० बजेदेखि नै पार्किङ गरेर राखेजस्तो देखिने जानकारी स्थानीय बासिन्दाले प्रहरीलाई दिएका छन् ।

मुख्यमन्त्री निवास अगाडि सडकमा रोकेर राखिएको गाडीभित्रै चालक रहे पनि साइड नदिएपछि अरु सवारी साधनका चालकले गएर हेर्दा बे’होस अवस्थामा देखेर प्रहरीलाई खवर गरेका हुन् । चालक ढकालको मत्युको कारण खुलेको छैन । मृतकको श वको पो स्टमा र्टम तथा अनुसन्धानपछि घटनाको विस्तृत र यकिन विवरण प्राप्त हुने जानकारी डीएसपी राईले दिए । अस्पतालले भने सबै सिसाहरु बन्द गरिएका कारण गाडीभित्र अक्सिजनको आपूर्ति रोकिएर श्वा स फे र्न न सक्दा चालकको मृत्यु भएको हुनसक्ने जनाएको छ । मृत्युको अरु नै कारण पनि हुनसक्ने अस्पतालको भनाइ छ ।


Last Updated on: June 8th, 2021 at 8:52 pm
१४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया