बुधबार ०६ आश्विन २०७८

Kantipur News Nepal

काठमाडौ ।

दाइजोका कारण नेपाली महिलाहरु पी डित भएका थुप्रै उदाहरण छन् । हालै महोत्तरीमा फेरी दाइजोको निहुँमा नवदुलहीलाइ हात पात भएको छ । दाइजोमा ग्यास लिलिण्डर र चुल्हो नदिएको भन्दै नवदुलहीलाई शारिरीक या त ना दिइएको छ । घाइते भएकी उनको उपचार सुरु गरिएको छ । विवाह भएको ४ दिनमै दाइजोको कुरा उठेको थियो ।

गएको वैशाख १३ गते सर्लाही हरिपुर्वा नगरपालिकाका जोगनारायण साहसँग विवाह गरिएकी दुलहीलाई या त ना दिइएको हो । उनलाई श्रीमान र परिवारका अन्य सदस्यले हात पात गरेका हुन् ।

विवाह गरेको चार पाँच दिनपछि उनी माइत जाँदा उनलाई दाइजो स्वरुप ग्यास चुलो र सिलिण्डर ल्याउन भनिएको थियो । उनी माइत गएर सोही दिन घर फर्किइन् । घर फर्किएपछि माग बमोजिमका सामान नआएपछि उनी माथि हात पात भएको बताइएको छ । घाइते भएकी उनलाई माइती पक्षले उपचार गराएको छ । सर्लाहीको जिल्ला अस्पतालमा उपचारपछि अहिले स्वास्थ्य अवस्था सामान्य रहेको दुलहीकी माइती पक्षले बताएका छन् ।

माइती पक्षले सर्लाहीको शान्ति सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । ससुरालाई पक्राउ गरेको छ भने अन्य सम्पर्क विहिन भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उनको विवाहमा नगद तीन लाख पचहत्तर हजार रुपैयाँ, दुई तोला सुन, १२ तोला चाँदी, फर्निचर र लत्ताकपडा गरी १२ लाख रुपैयाँभन्दा धेरै दाइजो दिईएको थियो । तर यो कम भएको भन्दै घरका सदस्यले अरु दाइजो मागेका थिए ।


Last Updated on: June 11th, 2021 at 5:03 pm
१९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया