सोमबार ०८ कार्तिक २०७८

Kantipur News Nepal

काठमाडौँ

असार ९, काठमाडौँ । टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा प’क्राउ परेकी बबरमहलकी एक घरबेटी बुधबार रिहा भएकी छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको जानकारी दिए ।यसअघि प्रहरीले प्रधान थरकी ती घरबेटीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको थियो । सरकारी वकिलको कार्यालयले घरबेटीविरूद्ध प्रमाण नपुगेको भन्दै मुद्दा फिर्ता गरेको हो ।

आज दिउँसो उनलाई निशर्त रिहा गर्नुपर्ने भन्दै नेवा समुदायका मानिसहरुले सरकारी वकिलको कार्यालय बवरमहल काठमाडौंमा प्रदर्शन गरेका थिए । मन्त्री कृष्‍णगोपाल श्रेष्ठले महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट उनलाई लिएर गएका हुन् । ती घरबेटीलाई गत (आइतबार) बिहान आफ्नै घरबाट प्र’काउ गरेकी थिइन् ।


Last Updated on: June 23rd, 2021 at 9:57 pm
३५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया