शनिबार ०९ साउन २०७८

Kantipur News Nepal

क्यानबेरा

अष्ट्रेलियाको सिड्नीमा शनिबारदेखि १४ दिने ‘लकडाउन’ सुरु भएको छ । विशाल सिड्नी, ब्ल्यु माउन्टेन्स, सेन्ट्रल कोस्ट र वोलोङगोङलगायत क्षेत्रमा लकडाउन लागु गरिएको अधिकारीहरुले जनाएका छन् ।

कोरोनाभाइरसको डेल्टा भेरियन्टको महामारी थप फैलिने खतरा रहेकाले लकडाउन लगाउनुपरेको अधिकारीहरुको भनाइ छ ।

अहिले घोषणा गरिएको लकडाउन अघिल्लापटकभन्दा कडा गरिने पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यसैगरी, न्यु साउथ वालेस (एनएसडब्लु)मा पनि पाँचजनाभन्दा बढी हिँड्न नपाउने व्यवस्थासहित निषेधाज्ञा लागु गरिएको छ । बाहिरी गतिविधिहरुमा ५० प्रतिशत क्षमताको मात्रै गर्न अनुमति दिइने गरिएको छ ।

घरभित्र वा बाहिर जहाँ गरिने काममा पनि मास्क अनिवार्य लगाउनुपर्ने र चार वर्गमिटर दूरी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । शनिबार बिहान ६ बजेदेखि सुरु भएको लकडाउन आगामी जुलाई ९ तारिखको मध्यरातसम्म कायम रहने भएको छ ।


Last Updated on: June 26th, 2021 at 10:52 pm
१०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया