बिहिबार ०७ आश्विन २०७८

Kantipur News Nepal

काठमाडौ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका नेता माधव कुमार नेपालका बारेमा सोमवार निकै कडा टिप्प्णी गरे । उनले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको स्पष्ट पार्दै नेपालका बारेमा कडा टिप्प्णी गरेका थिए । मलाई बौ लाहा कुकुरले टो के को छ र माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न ? ओलीको टिप्प्णी थियो । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च गएका नेपाललाई आफुले प्रधानमन्त्रीको प्रस्ताव नगरेको उनको भनाई थियो ।

ओलीले भने, ‘माधव नेपाल भोलि शेरबहादुर देउवाको पार्टी पनि ज्वाइन गर्न सक्छन् । प्रचण्डको पार्टी त ज्वाइन गर्नु नै छ । उनको गन्तव्य त्यही हो । माधव नेपाल भनेको प्रचण्डको मामुली कार्यकता हुन् । तर, अहिले धाक लगाएका छन्, केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्यो । मलाई ब हुला कुकुरले टो के को छ र कोही मान्छे नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव राख्न ? ओलीले भनेका थिए । ’

प्रधानमन्त्रीको माधव नेपालप्रति यस्तो अभिव्यक्तिलाई लिएर काँग्रेसले आपत्ती जनाएको छ । काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले आज सामाजीक सञ्जालमा लेख्दै प्रचण्डसंग एमालेको एकता ठिक, कांग्रेसको कुरा मु द्दामा मिल्दा बेठिक कसरी भन्दै प्रश्नसमेत गरेका छन् ।

प्रचण्डसंग एमालेको एकता ठिक, कांग्रेसको कुरा मुद्दामा मिल्दा बेठिक ? साथ छंदा आन्द्रा गांस्ने, साथ छुट्दा आन्द्रै निकाल्ने अलि अप्रिय भएन र ? अझ माधव नेपालप्रतिको टिप्पणी शोभनीय मानौं कि दयनीय ? उनको प्रश्न छ । त्यस्तै उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई चरम आवेगको संज्ञा दिएर कस्तो भेरिएन्ट ? भन्दै प्रश्न गरेका छन् ।


Last Updated on: June 28th, 2021 at 2:15 pm
२३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया