मंगलबार ०५ आश्विन २०७८

Kantipur News Nepal

नेपालमा अहिले सबै कोरोना बिरुद्धको खोपको प्रतिक्षामा छन् । कोभिशिल्डको पहिलो मात्रा लगाएकाहरु दोश्रो मात्राको प्रतिक्षामा छन् । यही अभावको मौका छोपेर कोरोना बिरुद्धको खोप कोभिशिल्ड भन्दै लुकीछिपी नेपालमा नक्कली खोप बेचिँदै आएको पाइएको छ ।

कोभिशिल्ड भन्दै लुकाएर बिक्री हुने गरेको नक्कली खोपबारे खोज गरेर तत्काल छानविन गर्न राष्ट्रिय उपभोक्ता मञ्च ध्यान आर्कषण गराएको छ । मञ्चले आफुलाई सूचना प्राप्त भएको भन्दै विज्ञप्ती मार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले विज्ञप्ति निकालेरै पूर्वी नाकाहरुबाट काठमाडौं लगायतका शहरी क्षेत्रहरुमा ल्याइ अ बै ध रुपमा कोविशिल्डको खोप भन्दै लुकी छिपी ३ हजार देखि ५ हजार सम्ममा बिक्रि बितरण भइरहेको गोप्य सूचना केही चिकित्सकहरुले दिएको उल्लेख गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकार संयन्त्रबाट नै खोप गायव भएको समाचार र भारतको बंगालमा नक्कली कोविशिल्डको बजारमा बिक्रि भई रहेको समाचारलाई बिश्लेषण गर्दा यस्मा सरकारको सक्रियता र सजगतामा कमि देखिएकोछ ।’ उनले जनताको जनस्वास्थ्य माथि खेल(वाड गर्दै यस्तो गम्भिर प्रकृतिको कृयाकलापको सम्बन्धमा ध्यानाकर्षण गर्दै तत्काल यस विषयमा छानविन गरी दो षी लाई कडा कारबाहीको माग गरेका छन् ।


Last Updated on: June 28th, 2021 at 3:12 pm
१३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया