बुधबार ०६ आश्विन २०७८

Kantipur News Nepal

काठमाडौं

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विरोधमा बोल्ने,काम गर्नेहरू नेता कार्यकर्ता हुन नसक्ने बताएका छन्।

शनिबार बालुवाटारमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले भने,‘जो पार्टीको पक्षमा बोलिरहेको छ। त्यो पार्टीको नेता कार्यकर्ता। जो पार्टीको पक्षमा बोलिरहेको छैन, काम गरिरहेको छैन। त्यो नेता कार्यकर्ता हुँदैनन्।’

पार्टीको विरोध गरेर नेता कार्यकर्ता नहुने भन्दै उनले उनीहरूलाई सप्रिन सुझाए।

‘पार्टीको विरोधमा बोलेर नेता/कार्यकर्ता हुन्छ?, पार्टीको संगठनको पक्षमा, सदृढीकरण, एकताको पक्षमा छ भने पार्टीको ने ता हो। वैचारिक र सांगठनिक रूपमा पार्टीलाई ढाल्ने उद्धेश्यमा सक्रिय छ भने नेता होइन। त्यसैले सप्रिएर आएर हुन्छ।’

यसका साथै ओलीले मुद्दाको फैसला हुँदासम्म प्रमुख प्रतिपक्षीको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर ज जसको कायम रहन्छ ती नेता/ कार्यकर्ता नहुने उद्घोष गरेका छन्।

उनले भने,‘मुद्दाको फैसला हुँदासम्म ने क पा एमाले ढाल्ने, प्रमुख प्रतिपक्षीको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर ज-जसको कायम रहन्छ ती पार्टी कार्यकर्ता होइनन्।’

‘त्यसले त कित्ताकाट गरिसक्यो नि’, उनले थप भने।


Last Updated on: July 3rd, 2021 at 6:59 pm
१५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया