सोमबार ०८ कार्तिक २०७८

Kantipur News Nepal

रौतहट

बाराको कलैया तर्फबाट शनिवार बिहानै रौतहटको कटहरिया, उचिडिह, शिवनगर, मिठुअवा हुँदै आ त ङ्क मच्चाउने जङ्गली हा त्ती अहिले दु र्गा भगवती गाउँ पा लि का को एरियामा पुगेको छ ।

अपराह्नदेखि राष्ट्रिय निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीले हात्तीको निगरानी गरिरहेको रौतहटका सिडिओ ईन्द्रदेव यादवले जानकारी दिए ।

जङ्गली हात्तीले रौ त ह टमा कुनै मानवीय क्षति नगरे पनि आधा दर्जन घरमा भने क्षति पुर्याएको तथा लाखौँ बराबरको अन्नपात नोक्सान गरेको छ । जङ्गली हात्तीले गरुडा नपा शिवनगर पो ठि या हि को रामदेव बैठा, देवानन्द साह घर भत्काई बरफ बेच्ने ठेलामा क्षति पुर्‍याएको छ ।

त्यसै गरी मिठिअवाका झ ग रु मन्सुरीको भकारी फोडेर १०० मन धान, जाहिर मन्सुरीको भकारी फोडेर ५० मन धान क्षति गरेको प्रहरीले जनाएको छ । त्यस्तै जङ्गली हात्तीले वकिल मन्सुरी र महजिद मन्सुरीको घर भत्काएको छ । उक्त ज ङ्ग ली हात्तीले हि जो शुक्रबार बारामा एक जनाको ज्यान लिएको थियो ।


Last Updated on: July 3rd, 2021 at 9:18 pm
२१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया