सोमबार ०८ कार्तिक २०७८

Kantipur News Nepal

२५ असार २०७८, शुक्रबार

काठमाडौं।

नेकपा (एमाले) को आन्तरिक विवाद समाधानतर्फउन्मुख भएको छ। कार्यदलको आज बसेको बैठकमा पार्टी एकताको लागि सहमति भएको नेतारुको दाबी छ।

एमालेनिकट स्रोतकाअनुसार कार्यदलमा तयार मस्यौदा अहिले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालकहाँ पुर्याईएको छ।

दुवै नेतालाई सहमतिमा हस्ताक्षर गर्नुभन्दा अघि दुवै तर्फका कार्यदलका सदस्यहरु शंकर पोखरेल र रघुजी पन्त केपी शर्मा ओली र माधव नेपालकहाँ मस्यौदा बोकेर पुगेका छन्।

सुरुमा पोखरेल कार्यदलको बैठकबाट बाहिरिएका थिए। र, पछि पन्त माधव नेपालकहाँ पुगेका हुन्। कार्यदलको बैठक जारी छ।


Last Updated on: July 9th, 2021 at 7:57 pm
१२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया