बुधबार ०६ आश्विन २०७८

३० असार २०७८

Kantipur News Nepal

काठमाडौं

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न विप्लवसँगै नेकपा माओवादीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोला केही सहयोगीका साथ बुधबार खुमलटार पुगेका हुन् ।

प्रचण्ड र विप्लवको भेटमा पूर्व माओवादी घटक एकताको विषयमा छलफल भएको स्रोतको दाबी छ । प्रचण्ड निकट स्रोतका अनुसार कम्युनिस्ट ध्रुविकृत गर्ने विषयमा प्रचण्ड र विप्लवबीच कुराकानी भएको हो ।

केपी ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहलाई ओली सरकारले नै शान्तिपूर्ण राजनीतिमा ल्याएको हो । तर, ओलीले सम्झौता कार्यान्वयन नगरेको भन्दै विप्लवले आपत्ति जनाउँदै आएका छन् ।

ओलीसँग विप्लव समूहले आफ्ना नेता कार्यकर्तामा लागेको मुद्दा फिर्ता र बन्दी रिहाइलगायत तीन बुँदे माग राखेको थियो । सोही अनुसार तीन बुँदे सहमति भए पनि कार्यान्वयन नभएको भन्दै विप्लवले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

प्रचण्ड र विप्लवबीचको भेटमा नेता बाँस्तोलासँगै डिबी बराल, पूर्वमाओवादी बाल सैन्य संगठनका अध्यक्ष लेलिन विष्टलगायत खुमलटार पुगेका थिए ।


Last Updated on: July 14th, 2021 at 8:55 pm
८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया