बिहिबार ०७ आश्विन २०७८

Kanripur News Nepal

काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको अधिवेशन आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा साउन ३ गते आइतबार दिउँसो चार बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान भएको हो ।

बिहीबार सिहंदरबारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति भण्डारीसमक्ष संसद अधिवेशन बोलाउन सिफारिस गरेको थयो। यसअघि सर्वोच्च अदालतले आगामी साउन ३ गते संसद बैठक डाक्न परमादेश दिएको थियो। सोहीअनुसार बिहीबारको बैठकले संसद् बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

संसद् अधिवेशन आह्वानको तयारी भएसँगै संघीय संसद सचिवालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम रहेको भन्दै एन्टिजेन परीक्षणको तयारी गरेको छ ।

संसद सचिवालयका अनुसार शुक्रबार, बिहान ११ बजेदेखि ४ बजेसम्म नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको स्काई लाइट हलमा व्यवस्था मिलाएको छ ।

एन्टिजेन परीक्षणका लागि तिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्य, संसदका कर्मचारी, प्राविधिक, सुरक्षाकर्मी, पत्रकारलाई उपस्थित हुन अनुरोध गरेको छ ।


Last Updated on: July 15th, 2021 at 7:50 pm
१०० पटक हेरिएको

तपाईको प्रतिक्रिया