मंगलबार ०५ आश्विन २०७८

Kantipur News Nepal

काठमाडौं

चीन सरकारले नेपाललाई थप १६ लाख डोज कोभिड–१९ विरुद्धको खोप अनुदानमा दिने भएको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै चीन सरकारले नेपाललाई थप १६ लाख डोज खोप दिन लागेको जनाएको हो ।

नेपालका लागि चिनियाँ राजदूत होऊ याङ्छीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँगको शिष्टाचार भेटका क्रममा उक्त जानकारी दिएकी थिइन् ।

भेटका क्रममा प्रधानमन्त्री देउवाले खोपमा चीन सरकारको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए ।

यसअघि चीन सरकाले नेपाललाई १८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो ।


Last Updated on: July 16th, 2021 at 5:09 pm
१४० पटक हेरिएको

तपाईको प्रतिक्रिया