बिहिबार ०७ आश्विन २०७८

Kantipur News Nepal

काठमाडौं

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ ।

शनिबार दिउँसो अध्यक्ष प्रचण्ड नेता नेपाललाई भेट्न उहाँको निवास कोटेश्वर पुगेका छन् । प्रतिनिधि सभा बैठकको तयारी भैरहेका बेला दुई नेताबीच भेट भएको हो ।

उनीहरूबीच पछिल्लो राजनीतिक अवस्था र सत्तारुढ गठबन्धनका आगामी चुनौतीलगायतका विषयमा छलफल भएको बताइएको छ ।

भोलि प्रतिनिधिसभा बैठक बस्न लागेकाले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारको सन्दर्भमा पनि उनीहरूबीच छलफल भएको छ ।

नेपालसँग केही दिनअघि प्रधानमन्त्री देउवाले पनि उनकै निवासमा छलफल गरेका थिए । छलफलमा नेपालले प्रतिनिधिसभा बचाउन भए पनि सरकारलाई विश्वासको मत दिने आश्वासन दिएका थिए।


Last Updated on: July 17th, 2021 at 3:46 pm
७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया