मंगलबार ०५ आश्विन २०७८

Kanripur News Nepal

काठमाडौं साउन २, २०७८

नेपाली काँग्रेसले क्रियाशील सदस्य छानविन समितिका सदस्य श्याम घिमिरेमाथि भएको कुटपिटबारे छानविन गरेर कारबाही गर्न अनुशासन समितिलाई निर्देशन दिएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले घिमिरेमाथि भएको कुटपिटबारे छानविन गर्न निर्देशन दिए हो ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत समेतका व्यक्तिहरुसँग २४ घण्टा भित्र स्पष्टीकरण लिई पार्टी विधान बमोजिम ३ दिनभित्र कारवाहीको टुंगो लगाउन बैठकले अनुशासन समितिलाई निर्देशन दिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

छानविन समितिका सदस्य घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यता छानविन स्थल गौशालास्थित धर्मशालामा कुटपिट भएको थियो ।


Last Updated on: July 17th, 2021 at 6:56 pm
२५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया