सोमबार ०८ कार्तिक २०७८

Kantipur News Nepal

काठमाडौं

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाउने निश्चित भएको छ। प्रतिनिधिसभाको जारी बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादीसहित जनता समाजवादी पार्टीको दुवै पक्षले मत दिने जानकारी गराइसकेकोले देउवाको पक्षमा बहुमत पुग्ने निश्चित भएको हो।

२ सय ७१ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पारित हुन कम्तीमा १ सय ३६ सांसदको समर्थन आवश्यक पर्छ। काँग्रेसको ६१ , माओवादीको ४८, जसपा उपेन्द्र यादव पक्षको २० र जसपा महन्थ ठाकुर पक्षको १२ गरी देउवाको पक्षमा १ सय ४१ मत पुगेको छ।

त्यसबाहेक राष्ट्रिय जनमोर्चाको १ , स्वतन्त्र जितेर माओवादी प्रवेश गरेका १ सांसदले पनि देउवालाई विश्वासको मत दिँदै छन्। यसरी देउवाको पक्षमा नेकपा एमालेको माधव नेपाल पक्षबिनै १ सय ४३ मत निश्चित भएको छ।


Last Updated on: July 18th, 2021 at 8:33 pm
११७ पटक हेरिएको

तपाईको प्रतिक्रिया