शनिबार ०९ साउन २०७८

Kantipur News Nepal

काठमाण्डौ, साउन।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सात महिनापछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका छन्। उनी नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिमण्डल विस्तारबारे छलफल गर्न मंगलबार बालुवाटार गएका हुन्।

यसअघि उनी गत पुस ५ गते अन्तिम पटक बालुवाटार गएका थिए।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डसँग भेटवार्ता भएकै दिन प्रतिनिधि सभा विघटन गरेपछि उनी बालुवाटार गएका थिएनन्।

तत्कालीन प्रधानमन्त्री ओ ली ले पहिलोपटक प्रतिनिधि सभा विघटन गर्दा बालुवाटारमा तत्कालीन नेकपाको स्थायी कमिटी बै ठ क चलिरहेको थियो।

उक्त बैठकमा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय ग रे र बाहिरिएपछि प्रचण्ड फेरि बालुवाटार गएका थिएनन्।

मंगलबार प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच मन्त्रिमण्डल विस्तारका बारेमा छ ल फ ल भएको छ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको समूह सरकारमा सहभागी हुने नहुने विषय अझै टुंगो नलागेकाले मन्त्रालय कति–कति संख्यामा भागबण्डा गर्ने भ न्ने बारे तय हुनसकेको छैन।

बालुवाटार स्रोतले प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच मंगलबार मन्त्रिमण्डल विस्तारबारे प्रारम्भिक छलफलमात्रै भएको जनाएको छ।


Last Updated on: July 20th, 2021 at 6:21 pm
७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया