बुधबार ०६ आश्विन २०७८

Kantipur News Nepal

काठमाडौं

नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पार्टी एकता अभियान सुरु गरेका छन्। अध्यक्ष केपी ओली र माधव नेपाल समूहका सांसदहरु बिहीबार दिउँसो सिंहदरबारमा बैठक गरी एकता दबाब अभियान सुरु गरेका हुन्।

बैठकमा सहभागी माधवकुमार नेपाल पक्षका सांसद झपट रावलले भने, ‘१० बुँदे कार्यदलका सबै सदस्यलाई छलफल गर्ने निर्णय गरिएको छ। त्यही छलफलबाट एकता पक्षका सांसदको हस्ताक्षर अभियान सुरु गरिनेछ।’ एकताको पक्षमा अधिकतम सांसदलाई उभ्याउने निर्णय गरिएको छ।

पार्टी विभाजन हुने अवस्था भयो भने हस्ताक्षर गर्ने सांसदहरु कुनै पनि पक्षमा नलाग्ने बताइएको छ। अभियानमा ओली समूहका कृष्णप्रसाद दाहाल, सूर्य पाठक, एलपी साँवा, शान्ति पाख्रीन लगायत छन् भने नेपाल समूहका झपट रावल, यज्ञवाज सुनुवार, दीपक प्रकास भट्ट, पवित्रा खरेल, नारायण खड्का लगायत छन्।

नेताहरुका अनुसार उनीहरुले पार्टी विभाजन रोक्न शीर्ष नेताहरुलाई दबाब स्वरुप यो अभियान सुरु गरेका हुन्। निकट भविष्यमा यस अभियानलाई सशक्त बनाउने नेता यज्ञराज सुनुवारले बताएका छन्। साथै एकताका लागि अब सांसदहरुको हस्ताक्षर संकलन समेत गर्ने उनीहरुको योजना रहेको नेता सुनुवारले बताए।


Last Updated on: July 22nd, 2021 at 8:00 pm
९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया