बुधबार ०६ आश्विन २०७८

Kantipur News Nepal

काठमाडौं

नेकपा एमालेका महासचिव इश्वर पोखरेलले पार्टीलाई घात गर्नेहरू एमाल हुनै नसक्ने बताएका छन्। काठमाडौं- ४ वडा समितिद्वारा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा पोखरेलले पछिल्लो समय पार्टीभित्र रहेर पार्टीविरुद्ध गतिविधि हुँदै आएको भन्दै पार्टीलाई घात गर्नेहरु एमाले हुनै नसक्ने बताएका हुन्।

एमालेमा रहेर एमालेकै सरकार ढाल्नेहरुलाई अब एमाले भन्न नमिल्ने उनको तर्क छ। पोखरेलले नराम्रोलाई नराम्रो भन्न सक्ने एमाले हुने र गलत कुराको पक्ष लिनेलाई एमालेभित्र कुनै ठाँउ नरहेको बताए। एमालेलाई कमजोर पार्ने काम एमालेभित्र रहेर हुनै नसक्ने उनको भनाइ छ।

त्यस्तै एमाले केन्द्रीय सदस्य एवं प्रदेश सांसद नवराज सिलवालले मुलुकको विकास गर्नका लागि वडा तहबाटै विकासको सुरुवात गर्नुपर्ने भएकाले आफ्नो ध्यान विकास निर्माणमा रहेको बताए। कार्यक्रममा विभिन्न दलबाट आएका कार्यकर्तालाई महासचिव पोखरेलले एमाले प्रवेश गराएका थिए।


Last Updated on: July 23rd, 2021 at 9:16 pm
१६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया