बुधबार ०६ आश्विन २०७८

Kantipur News Nepal

९ साउन, काठमाडौं

आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा आए पनि यात्रुहरुको चहलपहल भने देखएको छैन ।

काठमाडौंको गोङगबुस्थित नयाँ बसपार्कबाट बसहरु विभिन्न गन्तव्यमा छुट्नका लागि तयार भए पन यात्रुहरुको चहलपहल भने निकै कम देखिएको छ ।

सधैं भीडभाड देखिने बसपार्क सुनसान छ भने टिकटकाउन्टर पनि खाली देखिन्छन् । आज पहिलो दिन भएकोले र धेरै उपत्यका बाहिर भएकोले पनि यात्रु कम देखिएको यातायात व्यवसायी बताउँछन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार मात्रै सूचना जारी गर्दै लामो र मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिएको थियो ।

विश्वविद्यालय र लोकसेवा आयोगका परीक्षालाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड पूरा गर्ने गरी लामो दूरीका सवारी साधन सञ्चालनमा ल्याइएको हो ।


Last Updated on: July 24th, 2021 at 1:18 pm
१६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया