सोमबार ०८ कार्तिक २०७८

Kantipur News Nepal

सीएनएन

ट्रम्प प्रशासनका राज्य सचिव माइक पोम्पेओले उपहार स्वरुप प्राप्त गरेको ५ हजार ८०० डलर बराबरको जापानी ह्विस्कीको बोतल नभेटिएपछि अमेरिकी राज्य विभाग आश्चर्यमा परेको छ ।

आधिकारिक डक्युमेन्टमा उक्त ह्विस्की पोम्पेओलाई २०१९ मा दिइएको उल्लेख भए पनि सो उपहार पोम्पेओ आफैँले लगेको या उनका कुनै स्टाफसँग भएकोबारे स्पष्ट भएको छैन ।

यता, पोम्पेओसँग प्रश्न गर्दा भने उनले त्यस किसिमको उपहार कहिल्यै पाएकै थिएन भन्ने जवाफ दिएका छन् र ह्विस्की कहाँ गयो भन्नेबारे पनि केही थाहा नभएको बताए ।

उनले भनेका हुन्, “मेरो बुझाइमा मैले त्यसलाई कहिल्यै छोएकै छैन । त्यो मकहाँ आइपुगेकै छैन । र विभागले त्यो उपहार कसरी हरायो भन्ने पनि मलाई जानकारी छैन ।

तर, मैले मेरो कार्यकालमा विभाग भित्र अत्यधिक लापरबाही भने अनुभव गरेको थिएँ ।” यसअघि वाल स्ट्रिट जर्नलसँग कुरा गर्दै पोम्पेओका वकिलले पनि उनैका भनाइ दोहोर्याएका हुन् ।

यसको फाइलिङमा भनिएको छ, “विभागले यस सम्बन्धी खोजी र सोधपुछ गरिरहेको छ ।” यता फक्स न्युजमा बोल्दै पोम्पेओले यो मुद्दाले आफूलाई पागल बनाइरहेको बताएका हुन् र यसबारे राज्य विभागलाई आफ्नो सहयोग चाहिएमा आफू हरसमय उपलब्ध भएको समेत बताए ।


Last Updated on: August 6th, 2021 at 8:59 am
१३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया