मंगलबार ०५ आश्विन २०७८

Kantipur News Nepal

सन् २०१७ मा विश्व कीर्तिमानी २२२ मिलियन युरो (२६४ मिलियन अमेरिकी डलर) मा बार्सिलोनाबाट ब्राजिलियन फरवार्ड नेइमारलाई भित्र्याएको फ्रेन्च क्लब पिएसजीले लिओनल मेसीसँग पनि सम्झौता गर्न चाहेको बुझिएको छ।

मेसीले पिएसजीलाई क्लबमा सहभागी हुने इच्छा रहेको र तेस्रो सिजनको विकल्पमा दुई वर्षको सम्झौतामा छलफल चलिरहेको जानकारी दिएको फ्रान्सेली टेलिभिजन आरएमसी स्पोर्टले जनाएको छ।

त्यसअघि बार्सिलोनाबाट विदाइबारे आएका सूचनाहरूबारे पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिन मेसीले आइतबार बार्सिलोनामा पत्रकार सम्मेलन गरी जानकारी दिनेछन्।

बार्सिलोनाले मेसी २१ वर्षपछि त्यहाँबाट निस्किँदै गरेको घोषणा गरेको तीन दिनपछि बार्सिलोनाबाट विदाइबारे आएका सूचना तथा बार्सिलोनासँगको लामो सहकार्यबारे मेसीले सम्मेलनमा बोल्ने अपेक्षा गरिएको छ।

अर्जेन्टिनी फरवार्डले अरू क्लबले गरे प्रस्तावहरूमा विचार गरिरहेको समाचारहरू आईरहेका समय उनको प्रेस सम्मेलनलाई महत्वका साथ हेरिएको छ।

बार्सिलोना क्लबले एक विज्ञप्ति जारी गरी भनेको छ, “चौतीस वर्षीय मेसीले मध्याह्न हुने प्रेस सम्मेलनमा उनको बार्सिलोनासँगको सहकार्य र बिदाइबारे सञ्चारकर्मीले सोधेका प्रश्नहरूको जवाफ दिनेछन्। उनको क्लबबाट विदाइ घोषणा भएदेखि यी उनका पहिलो सार्वजनिक टिप्पणीहरू हुनेछन्।

बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले शुक्रबार मेसीको सम्झौता नवीकरण गरेर आफू ‘क्लबलाई जोखिममा पार्न’ तयार नभएको कुरा बताएपछि मेसीबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अनेक सम्भावनाबारे समाचारहरू लेखेका छन्।

बार्साले अगस्त १५ मा ला लिगा सुरु हुनुभन्दा अगाडि ठूलो आर्थिक समस्याको सामना गरिरहेको बताउँदै लापोर्टाले बार्सिलोना अब मेस्सीसँग करार नवीकरण गर्ने सोचमा नरहेको बताएका थिए।


Last Updated on: August 7th, 2021 at 9:25 pm
१३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया