सोमबार ०८ कार्तिक २०७८

Kantipur News Nepal

धनगढी धनुषाको बिदेह नगरपालिकाका मेयर बेचन दासले कार्यकक्षमै खुट्टा मसाज गराइरहेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ। उनले कार्यालय सहयोगी करन दासबाट मसाज सेवा लिएका हुन्।

तस्वीरमा मेयर दास आरामसँग सोफामा सुतेका छन् भने कार्यालय सहयोगीले खुट्टा थिचिरहेको देखिन्छ। मेयर दासले मालिस गराइरहेको फोटो कसैले खिचेर फेसबुकमा हालदिएपछि भाईरल भएको हो। दास माओवादी केन्द्रबाट निर्वाचित मेयर हुन्।

मेयर दासले आफूलाई सञ्चो नभएको पर्ने कार्यालय सहयोगीलाई मालिस गर्न लगाएको बताए। भाइरसको भ्याक्सिन लिएपछि आफू बिरामी बनेको उनको भनाइ छ।

मेयर दासका अनुसार कार्यालय सहयोगी करन उनका काकाका छोरा हुन् । भाइले अरु काम नपाएको र विदेश जान पनि नसकेकाले आफूले नगरपालिकामा काम लगाइदिएको उनले बताए ।

‘कार्यालयमा साउन मसान्तमा धेरै भिड हुन्छ । त्यसैले सञ्चो नहुँदा नहुँदै सेवाग्राहीलाई मर्का पर्ला भनेर म एक घन्टाको लागि कार्यालय गएको थिएँ ।

तर जिउ दुखेर काम गर्न नसक्ने भएपछि मेरो भाइलाई बोलाएर मालिस गर्न लगाएको हुँ,’ उनले भने, ‘बिरामी भएपछि अरु कसलाई भन्ने, आफ्नै भाइलाई त हो नि ।’


Last Updated on: August 7th, 2021 at 9:42 pm
१२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया