सोमबार ०८ कार्तिक २०७८

Kantipur News Nepal

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्रीबाट पदमुक्त गरेपछि उनले पहिलोपटक संसदमा सम्बोधन गर्ने भएका छन् ।

सर्वोच्च अदालतको परमादेशबाट शेरवहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विश्वासको मतको बेलामात्र संसद बैठक कक्षभित्र छिरेका ओलीले यसबीचमा बैठकमा सहभागिता जनाएका छैनन् ।

प्रधानमन्त्री शेरवहादुर देउवा तथा सत्ता गठबन्धनका नेता प्रचण्डले समेत संसदको पहिलो बैठकमा ओलीलाई खोजेका थिए भने प्रधानमन्त्रीलाई बधाइ दिने बेला समेत ओलीको अनुपस्थितिप्रति प्रश्न उठाएका थिए ।

आजको प्रतिनिधिसभा बैठकमा प्रमुख विपक्षी दलको नेताको हैसियतमा ओलीले संम्बोधन गर्ने तय भएको एमाले बताइएको छ ।


Last Updated on: August 10th, 2021 at 11:24 am
६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया