मंगलबार ०५ आश्विन २०७८

Kantipur News Nepal

काठमाडौ

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी पुनर्गठन गरिने बताएका छन्। आफूनिकट जनवर्गीय संगठनको भर्चुअल बैठकमा नेपालले नयाँ पार्टी बनाउने घोषणा गरेका हुन्।

ओलीले एकताका लागि वार्ता टोली बनाएर नाटक गरेको नेता नेपालको आरोप थियो। उनले आफू एमालेमा एकता गर्न तयार भएपनि अध्यक्ष केपी ओलीले ढोका बन्द गरेको बताए।

‘नयाँ पार्टी खोलिहाल्यौं भने पनि केपी ओलीले सबै गल्ती स्वीकार गर्दा एकताको ढोका खुला हुनेछ,’ उनले भने, ‘अहिले उनकै अहंताले एमालेको अस्तित्वमाथि नै प्रश्न चिन्ह उठेको छ।’

नेता नेपालले पार्टीलाई अब क्रान्तिकारी रूपान्तरण गरेर अघि बढ्ने बताए। उनले अब नयाँ ढंगले अघि बढ्ने अवस्थामा पुगेको बताउँदै निराश नभई देशभर संगठन विस्तारमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए।

उनले आज पार्टी एकताका लागि अन्तिम प्रयासका रुपमा घनश्याम भुसाललाई ओलीलाई भेट्न पठाए पनि ओलीले कारबाही गरेको कुरा आएको बताए।

उनले भने, ‘कमरेड घनश्याम भुसालले एकताको लागि अन्तिम प्रयास गरौं भनेर आउनुभएको थियो। अहिलेसम्म ओलीले गरेका सबै निर्णय फिर्ता भयो भने पार्टी एकता गर्नुहुन्छ भन्दा मैले हुन्छ भनेर भुसाललाई पठाएको थिएँ।

साढे २ बजे घनश्याम भुसाल ओलीलाई भेट्न जानुभएको थियो। तर अहिले त कारबाही गरिसक्नुभएछ। उहाँले माधव नेपाल लगायतका लागि पार्टीको ढोका बन्द भएको बताइसक्नुभएको छ। उहाँ आफैले सहमतिको ढोका बन्द गर्नुभएको छ।’


Last Updated on: August 17th, 2021 at 6:51 pm
१०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया