मंगलबार ०५ आश्विन २०७८

Kantipur News Nepal

काठमाडौं

नेकपा एमालेको एकताका लागि अन्तिमसम्म लड्ने भन्दै आएका नेता घनश्याम भुसाल एमाले विभाजन भए लगत्तै बालकोट पुगेका छन् । माधव नेपाल समुहले पार्टी नयाँ पार्टी गठन गर्दा नेपालको साथ छोडेका नेता भुसाल बार्गेनिङ गर्न बालकोट पुगेको बताइएको छ ।

एमाले एकताका लागि भन्दै लगातार यसअघि लगातार वार्ता गर्ने गरेका नेता भुसाल माधव नेपाल समुहका मानिन्छन । एमालेका उपमहासचिव समेत रहेका भुसाल पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बार्गेनिङ गर्न पुगेको एमालेका एक नेताले बताए ।

पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको साथ छोडेको खण्डमा ठुलो भाग दिने गरेका छन्। नेता नेपालको साथ् अन्तिम समयमा छाडेकै कारण अष्टलक्ष्मी शाक्य र भीम आचार्यलाई मुख्यमन्त्री पद दिएका छन् ।

नेता भुसालले मंगलबार पनि ओलीलाई भेटेपछि नेपाल समुहमा नलाग्ने निर्णय गरेको बताइन्छ । बुधबार पनि नेपाल समुहले अलग्गै पार्टी दर्ता गरेलगत्तै उनी बालकोट पुगेका हुन् ।

नेता भुसालले मंगलबार माधव नेपालसहित १४ जनामाथिको कारवाही फिर्ता लिन आग्रह गरेको बताइएको थियो । नवौं महाधिवेशनदेखि माधव नेपाललाई साथ दिँदै आएका नेपाल पक्षका पदाधिकारी र स्थायी कमिटी सदस्यहरुले पार्टी विभाजनमा भने उनलाई साथ दिएनन् ।


Last Updated on: August 18th, 2021 at 7:34 pm
१५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया