सोमबार ०८ कार्तिक २०७८

Kantipur News Nepal

काठमाडौं, भदौ ७

नेकपा एमालेका तेस्रो धारका नेताहरूले १० बुँदे सहमति कार्यान्वयनमा जोड दिँदै आएको भए पनि अध्यक्ष केपी शर्मा ओली उनीहरूले भनेबमोजिम अघि नबढ्ने संकेत देखापरेको छ । पार्टी एकताका लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दबाब दिँदै आएका तेस्रो धारका नेताहरूले १० बुँदे कार्यान्वयन नभए पार्टीभित्र ठूलो विद्रोह हुने चेतावनी दिँदै आएका छन् । तर, उनीहरूको चेतावनीको जवाफ ओली पक्षीय नेताले चेतावनीकै शैलीमा दिन थालेका छन् ।

पार्टी एकताका लागि तेस्रो धारका ‘५७ भाइ’ ले पार्टी एकताका लागि मंगलबारसम्मको अल्टिमेटम दिएको भए पनि अध्यक्ष ओली एक्लै अगाडि बढ्न खोजेको उनीहरूको बुझाइरहेको छ । अध्यक्ष ओलीले मंगलबारभित्र १० बुँदे सहमति कार्यान्वयनका लागि चित्तबुझ्दो जवाफ नदिए आफूअनुकूल निर्णय गर्न स्वतन्त्र रहेको बताइरहँदा नेतृत्व पंक्ति भने त्यसतर्फ गम्भीर नरहेको उनीहरूको बुझाइ छ ।

‘५७ भाइ’का नामले परिचित समूहमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिँदै आएका तर नेपालकै नेतृत्वमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीमा नरहेका व्यक्ति रहेका छन् । पार्टी एकता जोगाउन कतै पनि नखुलेका उनीहरू अध्यक्ष ओली निकटका नेताहरूले पार्टीमा अब बार्गेनिङ नचल्ने जवाफ फर्काएपछि निराश बनेका छन् ।

गत शुक्रबार महाराजगन्जस्थित एक पार्टी प्यालेसमा बसेको ५७ भाइको बैठकले ओलीका साथै नेपाललाई समेत पार्टी एकताका लागि दबाब दिने निर्णय लिएको थियो । नयाँ दल दर्ताको प्रक्रियामा रहेका नेपाललाई उनीहरूले दल दर्ता नगरी पार्टी एकतामै फर्किन भन्दै दबाब दिँदै आएका छन् ।

तर, ओली समूहका नेताहरूले तेस्रो धार भनिएका ९५७ भाइ०लाई पार्टी एकताको नाममा बार्गेनिङ गरिरहेको आरोप लगाएका छन् । पार्टी एकताको नाममा अब त्यस्तो कुनै बार्गेनिङ नचल्ने भन्दै ओली समूहका नेताले उनीहरूको प्रस्ताव अस्वीकार गरेका छन् ।

गत ३ भदौमा भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भनेका थिए, ‘पिलो निचोरेको तर घाउ बाँकी नै छ ।’

ओलीको यो भनाइलाई उनीहरूले १० बुँदे कार्यान्वयन हुँदैन, यथास्थितको एमालेमै फर्किने फर्किउन्, नफर्किनेहरू जहाँ जानु छ त्यहाँ गए हुन्छ भन्ने रहेको बुझेका छन् ।

ओलीनिकट प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १० बुँदे कार्यान्वयनको नाममा ५७ जना नेताले बार्गेनिङ गरिरहेको बताउँदै अब पार्टीमा बार्गेनिङ नचल्ने बताए । उनले १० बुँदे कार्यान्वयन भइसकेको समेत दाबी गरेको आजको राजधानी दैनिकमा सुभाष साहले खवर लेखेका छन् ।


Last Updated on: August 23rd, 2021 at 9:28 am
३१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया