सोमबार ०८ कार्तिक २०७८

श्रीमती माडवारीको घरमा काम गर्ने गर्थिन । श्रीमानलाई पनि चासो लाग्यो कस्तो घरमा काम गर्ने रहेछन् श्रीमतीले ? त्यसपछि उनले आफु पनि हेर्न जान खोजे । यहि कुरामा उनीहरुको सम्बन्ध विग्रियो । प्रेम गरेर विवाह गरेकी श्रीमतीले छोडेर गएपछि एक महिना निकै कठिन भयो । संखुवासभा स्थायी घर भएका दिपक कार्कीको घटना हो यो । उनी काठमाडौमा बसेर ज्याला मजदुरीको काम गर्दै आएका थिए ।

विवाह पछि पनि उनको काम नियमित थियो । विहान ६ वजे उनी काममा निस्कन्थे । श्रीमती पनि काममा जान्थिन् । दुई वर्ष अघि उनीहरुको विवाह भएको हो । विवाह दर्ता भने भएको छैन । ससुराली तर्फ उनीहरु जाने आउने गर्थे तर आफ्नो घरमा भने श्रीमतीलाई लगेका थिएनन् । श्रीमतीले माडवारीको घरमा सरसफाइको काम गर्छु भनेर सुनाएको बताए । आफु हेर्न जान्छु भन्दा माडवारीको घरमा लोग्ने मान्छे लिएर जाँदा मालिक रिसाउँछ जान मिल्दैन भनेर उनले भनिन् ।

त्यही भएर उनी गएनन् । हराउनु भन्दा अघि पनि उनीहरुबीच केही विवाद भएको थिएन । तर एक्कासी एक महिना अघि श्रीमती हराइन् । अहिले उनी बेहाल अवस्थामा श्रीमती आउँछन् की भनेर बाटो हेरेर बसेको बताउँछन् । अहिले पनि आउँछ की भन्ने आश लाग्छ, अर्कोसंग विवाह नै गरेर जाने खालको त थिएन उनले भने । श्रीमती हिडेको दिन पनि उनी विहान ६ वजे नै काममा निस्केका थिए । श्रीमतीले खाना बनाएर राखिदिएको रहेछ १० वजे आएर खाना खाए ।

तर साँझ फेरी कोेठामा फर्किएर आए तर श्रीमती आएको थिइनन् । श्रीमती विरामी जस्तै थिइन् त्यसैले उनलाई निकै चिन्ता लाग्यो । फोन पनि अफ थियो । त्यसैले अप्ठेरोमा परिन् की भनेर उनलाई थप चिन्ता भयो । दुई चार दिन भैसक्यो, आफुले जानेसम्म सबैतिर खोजतलास गरिसके तर श्रीमती फेला परेकी छैनन् । प्रहरीमा उजुरी दिएको भएपनि फेला पार्न नसकेपछि उनी मिडियामा आएको बताएका छन् ।


Last Updated on: February 24th, 2021 at 9:01 pm
७८३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया