मंगलबार ०५ आश्विन २०७८

Kantipur News Nepal

एजेन्सी

एप्पलले आफ्नो पहिलो गाडी ‘एप्पल कार’ सन् २०२४ मा सार्वजनिक गर्ने भएको छ। एप्पल इन्साइडरका अनुसार एप्पलले अबको तीन वर्षमा ‘एप्पल कार’ ल्याउने भएको छ। यसको उत्पादन कम्पनीले कोरिया र जापानमा गर्नेछ।

यो भन्दा अघि ‘एप्पल कार’ अमेरिकास्थित हुन्डाई कम्पनीले उत्पादन गर्ने हल्ला थियो, तर हालै सार्वनजिक भएको एक रिपोर्टका अनुसार एप्पल अहिले एसियाका गाडी आपूर्तिकर्ताहरुसँग कुराकानी गरिरहेका छन्।

विश्वव्यापी चिपको अभावको बिचमा अटोमोबाइल उद्योग मारमा परिरहेको बेला एप्पल यो समस्यालाई मध्यनजर गर्दै गाडी उत्पादन कसरी गर्न सकिन्छ भन्ने कुरामा चिन्तित रहेको डिजिटाइम्सले जनाएको छ।

हाल प्रोसेसरको अभावको कारण स्मार्टफोन कम्पनीहरुले पनि नयाँ उत्पादन बनाउन नसकेको बेला ‘एप्पल कार’ उत्पादन गर्न कम्पनीलाई चुनौती हुनसक्छ।

यसका लागि एप्पल कार कम्पोनेन्ट निर्माताहरु र एसेम्बलहरु भ्रमण गरिरहेको एप्पल इन्साइडरको भनाइ छ। अमेरिकास्थित हुन्डाईले पनि सन् २०२४ सम्म ‘एप्पल कार’ उत्पादन गर्ने भनिएको थियो। यसबाहेक एप्पल नयाँ मोनोसेल कार ब्याट्रीको डिजाइनमा काम गरिरहेको छ।


Last Updated on: September 3rd, 2021 at 10:00 pm
६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया