मंगलबार ०५ आश्विन २०७८

Kantipur News Nepal

काठमाडौं

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी कार्यान्वयन गर्नुपर्ने बताएका छन्। राष्ट्रिय सहमति कायम गरेर अमेरिकासँग चिठ्ठी आदानप्रदानसहित एमसीसी कार्यान्वयन गर्नुपर्ने उनको तर्क रहेको छ। एमसीसीको विषय राष्ट्रिय बहस बनिरहेको बेला भट्टराईको यस्तो भनाइ आएको हो।

भारतसँग देखिएका सबै विवाद उच्चस्तरीय राजनीतिक/कूटनीतिक वार्तामार्फत हर गरी असल छिमेकी बन्नुपर्ने उनले बताए। राष्ट्रिय सहमतिबाट अन्तर्राष्ट्रिय सम्बन्धमा देखिएका सबै खाले विवाद समाधानका लागि पहल गर्नुपर्ने उनको भनाई छ।

डा.

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसमा राष्ट्रिय सहमति गरौं। १. उच्चस्तरीय राजनीतिक/कूटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बनौं। २. चीनसँगका BRI, पारवहनलगायत सम्झौता कार्यान्वयन गरौं। ३. अमेरिकासँग चिठी आदानप्रदान सहित MCC कार्यान्वयन गरौं। युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौं।’


Last Updated on: September 7th, 2021 at 1:55 pm
१५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया