मंगलबार ०५ आश्विन २०७८

Kantipur News Nepal

काठमाडौं

सत्तारूढ माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले राष्ट्रियताको विषयमा खुट्टा कमाए सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मंगलबार राजधानीको आरआर क्याम्पसमा आयोजित कार्यक्रममा अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले देउवा सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

राष्ट्रिय अस्मिता र स्वाभिमानको रक्षा नगरे विद्यार्थी आन्दोलनको निशाना देउवा सरकारतर्फ सोझिने बताउँदै उहांले भन्नुभयो , एमसीसीका नाममा भइरहेको अमेरिकी हस्तक्षेप र जयसिंह धामी प्रकरणमा भएको भारतीय दादागिरीका विरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुन सकेको छैन ।’

उहांले भने, ‘राष्ट्रिय एकता र सहमति विना जबर्जस्ती एमसीसी पास गर्ने हर्कत गरिए विद्यार्थी आन्दोलनको आँधीबेहरीले देउवा सरकारलाई नै बढार्नेछ ।’पछिल्लो चरणमा भारतीय हैकमवाद र अमेरिकी हस्तक्षेप बढ्न थालेको भन्दै बस्नेतले राष्ट्रियताको विषयमा खुट्टा नकमाउन सरकारलाई आग्रह गर्नुभयो ।

एक अर्को प्रसंगमा बस्नेतले शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हकलाई ग्यारेन्टी नगरिए संविधान कार्यान्वयन नहुने बताउनुभयो ।

बस्नेतले भने, ‘तीन तहको चुनाव भएर मात्र संविधान कार्यान्वयन हुँदैन ।’ संविधानमा लेखिए अनुसार कक्षा १२ सम्मको शिक्षा पूर्णरुपले निःशुल्क हुनुपर्ने बस्नेतले बताउनुभयो ।


Last Updated on: September 8th, 2021 at 7:41 am
७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया