बिहिबार ०७ आश्विन २०७८

Kantipur News Nepal

काठमाडौं

नेकपा (एकीकृत समाजवादी)का सांसद रामकुमारी झाँक्रीले एमालेलाई संसदका हत्याराको संज्ञा दिएकी छन्। बुधवार बसेको प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा झाँक्रीले संसद्का ‘हत्यारा’हरूले गैराजनीतिक चरित्र देखाएको बताइन्।

उनले नेकपा एमालेले गरेको संसद् अवरोधलाई स्तरहीन चरित्रको रूपमा चित्रण गरिन्। उनले आफूहरूलाई गैरसांसद भनेको विषयमा बोल्नै मन नभएको बताइन्।

‘यस्ता स्तरहीन चरित्रका विषयमा प्रतिक्रिया दिन मन छैन,’ उनले भनिन्, ‘उहाँहरूको औकात र चरित्रअनुसार सुहाउँदो काम गर्नु भएको छ। संसदका हत्याराहरूले हामीलाई गैरसांसद भन्नु आश्चर्यको विषय होइन।’

एमालेले आफ्नो औकात अनुसारको व्यवहार बुधवारको संसदमा देखाएको झाँक्रीको टिप्पणी छ। एमालेले सांसद झाँक्रीसहित १४ जना सांसदलाई गैरसांसदको संज्ञा दिएको छ।

एमालेले ‘गैरसांसदलाई संसदमा राख्न पाइँदैन’ भन्दै संसदमा नारा नै लगाएको थियो। सोही सन्दर्भमा झाँक्रीको प्रतिक्रिया थियो, ‘उहाँहरूको औकात अनुसारको काम गर्नुभएको छ।’

सत्तारूढ गठबन्धनमा आवद्ध नेकपा (एकीकृत समाजवादी) की सांसद रामकुमारी झाँक्रीले एमालेलाई ‘संसद हत्यारा’को संज्ञा दिएकी छन् । बुधबार संसद् भवन परिसरमा पत्रकारसँग कुराकानी गर्दै उनले संसद्का ‘हत्यारा’हरूले गैराजनीतिक चरित्र देखाएको बताइन् ।

“संसद्का हत्यारा र त्यसका मतियारहरूले संसद् बचाउन निरन्तर लाग्नेहरूलाई यो आरोप लगाउनु आफैँमा हास्यास्पद छ । यो स्तरहीन प्रदर्शन, स्तरहीन लोकतान्त्रिक अभ्यास र स्तरहीन चरित्रमा खासै प्रतिक्रिया दिन पनि मन छैन । उहाँहरूले आफ्नो औकातअनुसारको चरित्र प्रदर्शन गर्नुभएको छ,” उनले भनिन् ।


Last Updated on: September 8th, 2021 at 10:05 pm
१८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया